नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा १५ बुँदे घाेषणा पत्र जारी गर्दै सम्पन्न
सुर्खेत। कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा पुस ८-९ गते भएको साधारणसभाले १५ बुँदे घोषणा जारी गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७९ पुस ८–९ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै यो घोषणा जारी गर्दछ ।
१. नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको छ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याएका छैनन् । यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर च...