११ कार्तिक २०८१, आईतवार

Tag: नेकपा र मासपा पार्टी

दुई कम्युनिस्ट पार्टी बिच संयुक्त पत्रकार सम्मेलन

दुई कम्युनिस्ट पार्टी बिच संयुक्त पत्रकार सम्मेलन

राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी सुशील  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी  बिच आज काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा  संयुक्त पत्रकार सम्मेलन गरि  निकट भबिस्यमै पार्टी एकता घाेषणा गर्ने बताए  । कार्यक्रममा बाेलदै विप्लवले भने विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघठनको प्रक्रियामा जान लागेको ,२०६२/६३साल वरिपरिबाट नेपालको कम्युनिस्ट आन्दोलनमा विघटन , विचलन , रास्ट्रघात र फुटको उत्कर्षमा गएको थियो ।अब कम्युनिस्ट आन्दोलनलाई धुर्वीकरण र एकताको दिशामा संगठित गर्ने प्रयास थालनी गरेका छौँ । आफुहरुले नेपालका सबै कम्युनिस्टहरुलाई एकतावद्द गर्न खोजेको र त्यसको वस्तुगत आवश्यकता रहेको प्रसङ्ग कोट्याउदै- विश्व बिकासको नयाँ युग र चरणमा प्रवेश गरेको बेला नेपालका दलालहरु अतिकम विकसित देशको अध्यक्ष हुनका लागि...