२३ भाद्र २०८१, आईतवार

Tag: नेकपा एमाले

रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमालेकाे कान्छाे संगठनका रुपमा स्थापित रिटर्नी फेडरेसन नेपाल जिल्ला समिति जाजरकोटकाे संयाेजक नरेश थापा रहने गरि ९ सदस्यीय जिल्ला कमिटि गठन भयकाे छ। मंगलबार सदरमुकाम खलंगा स्थित पार्टी कार्यलयमा प्रथम भेला गरि थापालाई संयोजकमा चयन गरेकाे हाे , सदस्यहरुमा गणेश वलि , मिलन चनारा, ऐन बहादुर बिष्ट, हिरामुस्कान बटाला , ज्ञान ब सिंह, गाैरव शाह, किष्मत केसि र कर्ण बहादुर सिंहलाई चयन गरेकाे छ ।पार्टीका जिल्ला उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष गाेपाल बटालाकाे अध्यक्षतामा भयकाे भेलामा काैशिला खत्रि ,( शाही)लगायत जिल्लाका नेताहरुकाे विशेष उपस्थितिमा भेला सम्पन्न भयकाे थियाे ।बैदेशिक राेजगार पछि स्वदेश फर्केर बसिरहेका युवा-युवतिहरुकाे ज्ञान, सिप र दक्षतालाई संस्थागत गर्न र स्वदेशमै राेजगारी सिर्जना गरि आत्मनिर्भर बन्नका लागि  याे रिटर्नि फेडरेशन नेपालकाे गठन गरियकाे नेकपा एमालेका युवा न...
नेकपा एमालेको केन्द्रीय कमिटी बैंठक आज देखि

नेकपा एमालेको केन्द्रीय कमिटी बैंठक आज देखि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि  सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिए । एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।  ...
एमालेले गर्याे रायमाझीलाई निलम्बन

एमालेले गर्याे रायमाझीलाई निलम्बन

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीकाे पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।मंगलबार बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो । ...
राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’ एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’ तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।...
सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

Breaking News, चुनाव, राजनीति, समाचार
१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् । तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधान...
ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर काठमान्डाै। ललितपुर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् । मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।...
कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता  : ओली

कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता : ओली

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन्। एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए। सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उनले भने, ‘यसलाई सुगम गर्न जरुरी छ। सुगम बनाउन सजिलो पनि छैन।’ अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए। ‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उनले भने, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ।’ अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताए। ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, ...
नेकपा  एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

नेकपा एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु भएको छ । चुनाव प्रचार सुरु भएको दोस्रो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला, वैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पु¥याउने योजना छ । पार्टीका अधिकांश पदाधिकारी आफ्नो चुनाव क्षेत्रमा केन्द्रित रहेको र जिल्लाहरुबाट पनि अध्यक्ष ओलीकै माग भएको भन्दै नेता रिजाल भन्छन्, ‘सबै प्रदेश र पहाड–तरार्ईलाई मिलाएर कम्तीमा ४० जिल्लामा अध्यक्षलाई लैजाने कार्यक्रम छ ।’ एमालेले चुनावी सभाहरु गरिरहँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने योजनाविहीन देखिन्छ । २३ असोजमा उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनमा आवद्ध ५ दलले ७ वटै प्रदेशमा कार्यकर्ता भेला गरेको थियो । तर प्रचार सुरु भएपछि जिल्ला वा...
एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो ।, भिम रावल

एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो ।, भिम रावल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
          नेकपा (एमाले) का नेता भीम रावलले पाँचदलीय गठबन्धनलाई ‘नीतिविहीन सत्ता स्वार्थको माध्यम’ भन्ने आफ्नै पार्टीप्रति व्यंग्य गरेका छन्। एमालेले मंगलबार जारी गरेको चुनावी घोषणा पत्रमा पाँच दलीय गठबन्धनलाई ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भनिएको छ। सोही भनाईलाई उदृत गर्दै गर्दै रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्।’ रावलले स्थीर सरकारको नारा दिएर बहुमत माग गरेकोमा पनि पार्टीप्रति व्यंग्य गरेका छन्। अध्यक्ष केपी र प्रचण्ड रहेको नेकपाको प्रतिवेदनले भन्छ, ‘निर्वाचन (२०७४)ले पार्टीलाई पर्याप्त बहुमत दिएर आर्थिक क्रान्तिको ढोका खोल्ने अवसर प्रदान गरेको छ’, उनले लेखेका छन्, ‘जनताले स्थीर सरकार मार्फत राजनीतिक स्थाय...
अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने घोषणा गरेको छ प्रतिनिधिसभा तथा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा एमालेले लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ । उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ । यसअघि फ्रान्सको कम्पनी थेल्ससँग एमाले नेतृत्वको सरकारले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो । तर, यति आर्थिक चलखेल गर्ने गरी स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र राख्न दुई फ्रान्सेली कम्पनी भित्र्याउन खोजेको खुलेपछि सरकार पछि हटेको थियो । सुरक्षण मुद्रणका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त...