११ श्रावण २०८१, शनिबार

Tag: नरेन्द्र जंग पिटर

समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
समाजवादी मोर्चा घोषणासँगै राजनीति, दर्शन, राजनीतिक–संस्कृति र समयको चयनसहित अनेकौं तर्कना बहसमा फेरि देखा परे । महत्त्वाकांक्षाको सही व्यवस्थापन हुन नसक्दा अलग्गिएका मोर्चामा सामेल प्रचण्ड, उपेन्द्र यादव र विप्लव त माओवादीका पूर्वघटकै हुन्; नेकपा एकीकृत समाजवादी भने स्वत्वको टकरावमा एमालेमा अट्न नसकेको हो । विचार र दायित्वलाई केन्द्र बनाउन सकेको भए मोर्चाको आकार अझ धेरै फराकिलो हुन सक्थ्यो । मध्यमवर्गमा विचारको तीव्र परिवर्तन, सामान्यजनमा अन्योल र निराशा बढिरहेका बेला गठन भएको मोर्चाले कसका विरुद्ध, किन मोर्चा गठन गर्नुपर्‍यो भन्ने दृष्टिकोण सार्वजनिक गर्न भने अझै सकेको छैन । मोर्चाको आवश्यकता राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र अनुभवले भन्छ- निश्चित उद्देश्यले भिन्न सोचहरूबीच पनि दर्बिलो शक्तिका लागि मोर्चाहरू बन्ने गर्छन् । काम फत्ते भएसँगै त्यस्ता मोर्चा टुट्ने गर्छन् ।...