११ श्रावण २०८१, शनिबार

Tag: नक्कली भुटानी शरणार्थी

नक्कली शरणार्थी काण्डपछि अर्को मानव तस्करकाण्ड, मानव तस्करका नाईके पक्राउ

नक्कली शरणार्थी काण्डपछि अर्को मानव तस्करकाण्ड, मानव तस्करका नाईके पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ।नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभनमा मानवतस्करी गर्दै करोडौँ असुलेका देशका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पक्राउ परेर जेल सजाय काटिरहेको समयमा विभिन्न बहानामा मानव तस्करी गर्ने नयाँनयाँ गिरोहहरूको रहस्य खुल्दै गएको हो । यसैक्रममा विभिन्न बहानामा सयौँ मानिसलाई अमेरिका र क्यानाडा पु¥याएर करोडौँ रुपैयाँ जम्मा गरेका ‘मानव तस्कर’ हस्त गौतम नेपाल–भारत सिमानाबाट पक्राउ परेको समाचार प्राप्त भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा पछिल्लो मानव तस्करीका मुख्य योजनाकार अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सयजनालाई अमेरिका पुर्याइसकेको स्रोतहरूले ...