११ श्रावण २०८१, शनिबार

Tag: देवेन्द्र पाैडेल

मान्छेले लडेकाे युद्ध हाे, जनयुद्धमा कुनै जनावर लडेका थियनन् :नेता पाैडेल

मान्छेले लडेकाे युद्ध हाे, जनयुद्धमा कुनै जनावर लडेका थियनन् :नेता पाैडेल

Breaking News, राजनीति, विचार
काठमाडौं । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै जवाफ फर्काएका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए । भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे । ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’ नेता पौडेलले भट्...