बाटाेमै सुरक्षित सुत्केरी
जाजरकोट।जाजरकोट भेरि नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक वली कार्यालय जानका लागि बिहीवार बिहान अलिक चाँडै घरबाट निस्किए । उनी कार्यालय पुगेर कामकै सिलसिलामा गाउँतिर (कार्यक्षेत्र) जाने योजनामा थिए । बाटो छेउमा पार्किङ गरी राखेको मोटरसाइक नजिक पुग्दा मानिसहरूले हल्ला गरिरहेको र कोही रोइरहेको सुने । उनको ध्यान त्यतै गयो ।
उनलाई सुरुमा कसैको झगडा परेछ कि भन्ने लागेछ । बाटोबाट केही तल झरेर हेर्दा उनले जे देखे त्यसपछि उनी हतार–हतार आफ्नो कोठामा आए र केही सामग्री लिएर त्यहाँ पुगे । जहाँ, सुत्केरी व्यथाले च्यापेर एक जना गर्भवती बाटोमै राेइरहेकी थिइन् । आफूले लगेका सामग्रीको सहयोगमा उनले बाटैमा उनलाई सुरक्षित सुत्केरी गराए ।
घटना जिल्ला सदरमुकामकै हो । भेरी नगरपालिका–३ को मुख्य बजार नजिकै । बजारको तलतिर बस्ती छ । त्यही बस्तीकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेछ । श्रीमान् घरमा नभएको अवस्...