११ श्रावण २०८१, शनिबार

Tag: टेलिस्काेप

चीनले बनायाे संसारकै  सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट  ।

चीनले बनायाे संसारकै सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट ।

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, विज्ञान प्रबिधि, समाचार
काठमाडौं । अन्तरीक्ष विज्ञानको खोज अनुसन्धानमा अमेरिकालाई पछि पार्ने कोशिसमा लागिरहेको चीनले संसारको सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट तयार पारेको छ । उक्त टेलिस्कोप ३.१४ किलोमिटर को एउटा गोलाकार क्षेत्रमा राखिएको छ । यो टेलिस्कोप सेट तयार पार्नका लागि ३ सय १३ वटा डिसको प्रयोग गरिएको छ । यो सौर्य टेलिस्कोपबाट सूर्यको सुक्ष्म ढंगले अध्ययन गर्न सकिने र सूर्यको व्यवहारमा आउने परिवर्तनले पृथ्वीमा कस्तो असर पर्न सक्दछ भन्ने बारेमा बुझ्न सकिने बताइएको छ । उक्त टेलिस्कोपको नाम द दाओचेंग सोलार रेडियो टेलिस्कोप हो । चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बनेको उक्त टेलिस्कोपमा प्रयोग गरिएका ३ सय १३ वटा डिसमा हरेक डिस्क १९.७ फुट चौडा छन् । यिनी डिसको सेटअपले यो टेलिस्कोप गोलाकार रुपमा तयार गरिएको छ र ३.१४ किलोमिटरको परिधिमा फैलिएको छ । यो चिनियाँँ टेलिस्कोपले सौर्य आँधी तथा कोरोनल मास इजेक्...