११ श्रावण २०८१, शनिबार

Tag: टि २० खेल

अष्ट्रेलियाले अफगानिस्तानमाथि  रोमाञ्चक जित, सेमिफाइनल पुग्न इंग्ल्याण्ड-श्रीलंकाको खेल कुर्नुपर्ने

अष्ट्रेलियाले अफगानिस्तानमाथि रोमाञ्चक जित, सेमिफाइनल पुग्न इंग्ल्याण्ड-श्रीलंकाको खेल कुर्नुपर्ने

Breaking News, खेल, राष्ट्रिय, समाचार
१८ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बिहीबार अफगानिस्तानमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । सुपर १२ अन्तर्गत समूह ‘ए’ को जित्नैपर्ने खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई झिनो रन अन्तरले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रासिद खानको अविजित ४८ रन मद्दतमा ७ विकेट गुमाएर १६४ रन बनायो । अन्तिम ओभरमा जितका लागि अफगानिस्तानलाई २१ रन आवश्यक थियो । रासिद खानले मार्कुस स्टोनइसलाई एक छक्का र २ चौका प्रहार गर्दा अफगानिस्तानले १७ रन जोडे पनि अष्ट्रेलियामाथि शनसनी जितबाट बन्चित रह्यो । रासिदले २३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा अविजित ४८ रन बनाए । अफगानिस्तानका लागि गुल्बादिन नइबले ३९, रहमानुल्लाह गुर्बाजले ३० र इब्राहिम जद्रानले २६ रन जोडे । अष्ट्रेलिया जोस हेजलउड र एडम...