११ श्रावण २०८१, शनिबार

Tag: जिल्ला अस्पताल डाेल्पा

जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
 डोल्पा जिल्ला अस्पतालको वार्षिक उत्सब, यस वर्ष विविध कारणबस औपचारिक रुपमा केहि कार्यक्रम हरु नभएतापनि गएको आर्थिक वर्ष र यस साउन बाट मंसिर सम्म यस अस्पतालले दिएका सेवा हरुको बारेमा सानो जानकारि दिन गईरहेका छौँ ।                                                                          कुनै समय १ जना डाक्टर अनि थोरै संख्यामा र्नसिंग स्टाफ र पारामेडिक्स बाट सञ्चालन हुदै आईरहेको जिल्ला अस्पताल डोल्पाले विभिन्न उतार चढाब सहदै हाल २४ घण्टा सातै दिन एम.बि.बि.एस डाक्टर अनि एक जना गाईनोकोलोजिष्ट र अन्य नर्सिंग स्टाफ र पारामेडिक्स बाट जनतालाई सेवा दिदै आईरहेको कुरा सर्वविदितै छ । १५ शैयाको रुपमा सञ्चालन हुने अस्पतालमा समयक्रम र घटनाक्रम अनुसार सिमित स्रोत साधनको भरपुर उपयोग गर्दै २५ शैया सम्ममा बिरामि राखेर उपचार सेवा दिदै आएको कुरा पनि जानकारि गराउन चाहान्छौ ।                                  ...