चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल राहत का सामाग्री सहित जाजरकोट आउदै
जाजरकोट ।चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भकम्प प्रभावित क्षेत्रमा आउन लागेकी हुन् । उनि भरतपुरबाट नेपालगन्ज हुँदै भोलि विहान भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गर्ने बुझिएको छ।
भूकम्पबाट प्रभावित भएका जिल्ला जाजरकोट र रुकुमका सबै जसो स्थानीय तहमा पुगेर भूकम्प प्रभावित जनताको अवस्था बारे बुझ्न र उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिन मेयर दाहाल आफै सुटुक्क त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
भरतपुर महानगरले प्रारम्भिक रुपमा १ करोड सहयोग गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्याउन भरतपुर महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ गरिसकेको छ ।
उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको त...