११ श्रावण २०८१, शनिबार

Tag: जडिबुटी प्रसाेधन भवन

जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे  जडिबुटी प्रसाेधन केन्द्र भवन ।

जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे जडिबुटी प्रसाेधन केन्द्र भवन ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार, स्वास्थ
जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी कोरिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहरेको छ । सरकारी स्वामित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी कोरिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगन्जमा लिने गरेका छन् । रु तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वामित्वमा ...