११ श्रावण २०८१, शनिबार

Tag: चिनिया कम्युनिस्ट पार्टी

सकियो चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन : सीलाई तेस्रो कार्यकाल, प्रधानमन्त्री लीलाई

सकियो चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन : सीलाई तेस्रो कार्यकाल, प्रधानमन्त्री लीलाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ — राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको नेतृत्वलाई अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ । महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ । वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् । पार्टीभित्र तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । प्रधानमन्त्री ली दोस्रो वरियतामा रहेका थिए। ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । २ सय ५ सदस्य...
चिनिया कम्युनिस्ट पार्टीको २० अाै महाधिवेशन

चिनिया कम्युनिस्ट पार्टीको २० अाै महाधिवेशन

Breaking News, अन्तर्राष्ट्रिय, समाचार
  काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा आइतबारदेखि सुरू हुँदैछ । एक हप्तासम्म चल्ने उक्त महाधिवेशनबाट सीपीसीले आगामी पाँच वर्षका लागि पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गर्नेछ । सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ । तर सर्वोच्च नेता अर्थात, पार्टीको महासचिवको हकमा भने उक्त व्यवस्था छैन । सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ । अहिलेसम्म को पार्टी नेतृत्वमा रहन्छ, कसको बढुवा हुन्छ र को बाहिरिन्छ भन्ने विषयमा अनुमान गर्न सकिएको छैन । यद्यपि, विधानमा व्यवस्था भएअनुसार २५ जनाको पोलिटब्यूरोबाट उमेर हद पार गरेका केही नेताहरू बाहिरिनसक्ने छन् । तर उमेर पुगे ...