११ श्रावण २०८१, शनिबार

Tag: चारदलिय सभा

संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     काठमाडौँ : सरकारले आउँदो मङ्सिर ४ गते गर्न लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले देशमा कुनै परिवर्तन नल्याउने, बरु यसले निर्वाचित/वैधानिक दलाल मात्र जन्माउने, आर्थिक व्ययभार मात्र बढाउने निष्कर्ष निकाल्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले बुधबार काठमाडौँमा विशेष अवज्ञा/बहिष्कार सभा गर्न लागेका छन् । चार दलले निर्वाचनको अवज्ञा तथा वहिष्कारका पक्षमा जनमत सिर्जना गर्न असोज २३ गतेदेखि कात्तिक २३ गतेसम्म देशव्यापी जनसभा घोषणा गरेका थिए । चार दलले निर्वाचन अवज्ञाका लागि अभियानात्मक रूपले संयुक्त कार्यक्रमहरू गर्दै आएका छन् । काठमाडौँको कार्यक्रम यसअघि घोषित कार्यक्रमको उत्कर्ष सभा हो । चार दलले क्रान्तिकारी शक्ति, उत्पीडित जनता र सञ्चारकर्मीलाई कार्यक्रममा सहभागिताका लागि आह्वान पनि गरेका छन् । नेकपा (बहुमत) केन्द्रीय प्रचार, ...