२७ असार २०८२, शुक्रबार

Tag: चट्याङ

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौमूले गाउँपालिका –८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको  चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शनिबार दिउँसो करिब ३ः५० बजे तिर घरमै परेको चट्टयाङले घाइते भएका दशरथलाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । त्यस्तै, सोही ठाउँमा चट्याङमा परेर मृतक दशरथका ३ जना सन्तान श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ बर्षका छोरा घाइते भएका छन् । उहाँहरुलाई दैलेख अस्पतालमा उपचारपछि घर फर्किसकेको सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।...
जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

Breaking News, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको कुशे गाउपालिका वडा न.५खुर्पाकाे दहमा चट्याङ लागेर चारवटा पशु चाैपाय मरेका छन । आईतवार दिउसाे ३:३० बजे तिर भारि वर्षा संगै एक्कासि चट्याङ परेपछि थलाेमा बाधेर घाँस खादै गरेका २वटा गाेरु , एउटा गाई र एउटा भैंसी मरेका हुन ।  
जाजरकोट, बारेकाेटमा चट्याङ लागेर एक युवतिकाे मृत्युु

जाजरकोट, बारेकाेटमा चट्याङ लागेर एक युवतिकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । बारेकोट गाउँपालिका वडा न. ५तोल्खाना निवासी ३२ वर्षकी रेवति शाही सिंहको चट्याङ लागेर मृत्यु भएको छ। आईतवार दिउसो करिब ३ः३० बजे परेको चट्याङबाट गाई गुवाला गएकी सिंहको मृत्यू भएको हो । आफ्नो गाउँ तोल्खान देखि करिब एक किलोमिटर टाढा गाइ चराउन गएकी सिंह आफ्नै गाउँकी एकजना करिव १२ वर्षकी जगता सिंह नामकी साथी सँगै बसी रहेको अवस्थामा उनको शरिरमा एक्कासि चट्याङ लागेको हाे । उनीसँगै बसेकी बालीकालाइ भने केहि नभएको र उनै बालीकाले स्थानीयलाइ खबर गरेकी हुन, स्थानीयका अनुसार चट्याङ लागेको केही समय पछी मृत्यु भएको बुझिएको छ। ईलाका प्रहरी कार्यलय नायकवाडाका प्रहरी हवल्दार महेन्द्र प्रशाद जैसीका अनुसार मृत सिंह लाई पोस्टम्याटको लागि आधारभुत अस्पताल लिम्सा पुर्‍याइएको छ ।...
चट्याङ लागेर पाँचथरमा एकजना घाइते र ५४ वटा भेडा मरेका छन

चट्याङ लागेर पाँचथरमा एकजना घाइते र ५४ वटा भेडा मरेका छन

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
पाँचथर। पाँचथरमा चट्याङ लागेर  एकै गोठका ५४ वटा भेडा मरेका छन् ।सनिवार साझ ४ बजे  जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ । उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछ...
चट्याङले कम्बाेडियामा ६३ जनाकाे ज्यान गयाे ।

चट्याङले कम्बाेडियामा ६३ जनाकाे ज्यान गयाे ।

Breaking News, अन्तर्राष्ट्रिय, माैसम, समाचार
कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको मृत्यु भएको छ। सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो। सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताएका छन्। मृत्युबाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडीएम) का प्रवक्ता सोथ किम कोल्मोनीले बताए। उनले चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिएका छन्। चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उनले सिन्ह्वालाई भनेका छन्। एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गर...