११ श्रावण २०८१, शनिबार

Tag: घर

शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास शिक्षकले बनाइदिएका छन । अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप- महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो। जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो ।...
जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
गिता कुमारी शाहि  जुम्ला २४ माघ जुम्ला । कर्णाली राजमार्ग भन्दा आधा घण्टाकाे दुरी टाढा रहेकाे  जुम्लाको चन्दनाँथ नगरपालिका  वडा १ को भन्डारी बाँडा गाँउमा साेमबार मध्य राती एक घर जलेर नस्ट भयको छ । यस क्लवका सदस्य तथा पूर्व खेलाडी लाेक बहादुर भण्डारी काे घर आगलागी भई पूर्ण क्षति हुनुका साथै उनकी  १३ वर्षे छाेरी बन्दना भण्डारीकाे  मृत्यृ भएकाे र घरमुली भण्डारी पनि घाइते भयका छन । उक्त घरमा सात जना परिवार बस्दै आयको र थप बिवरण आउन बाँकी रहेकाे  जिल्ला प्रहरी कार्यलय जुम्लाका  प्रहरी निरीक्षक धर्म राज जोशी ले बताए।...