११ श्रावण २०८१, शनिबार

Tag: घटना का पिडित परिवार

सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति

सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
ललितपुर : सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन् । ४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १-१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने भनिएको छ । यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ । यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा भनिएको छ । चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ । यस्तै मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रा...