११ श्रावण २०८१, शनिबार

Tag: क्षेत्र न 2

चितवन क्षेत्र न. २ मा २४ जनाकाे उम्मेदवारी दर्ता

चितवन क्षेत्र न. २ मा २४ जनाकाे उम्मेदवारी दर्ता

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् । अहिले आयोगले उम्मेदवारहरुको उम्मेदवारी दर्ता कानुनसम्वत भए नभएको हेरिरहेको आचार्यले जानकारी दिए । चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोध माथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आचार्यले बताए । चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमा भन्दा ४८० जना नयाँ मतदाता थपिएका छन्।...