२१ असार २०८२, शनिबार

Tag: कारागार

जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट कारागारमा एक थुनुवा कैदीले आत्महत्या गरेका छन्। भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारकाे शाैचालयमा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले  जानकारी दिएका छन्। बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डीएसपी शर्माका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।...
संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
संखुवासभा ।संखुवासभाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलङ्गगी र नुवाकोटको ककनी गाउँपालिका-७ का आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । बलामीले चाेरी मुद्दामा र ताेलाङ्गीले बलात्कारको अभियोगमा जेलजीवन बिताइरहेका थिए । 'कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,'  प्रजिअ कार्कीले भने । कार्कीका अनुसार विनोद र आकाश ...