११ श्रावण २०८१, शनिबार

Tag: कप्तान माने

सेनेगलका कप्तान माने विश्व कपबाट बाहिरिय

सेनेगलका कप्तान माने विश्व कपबाट बाहिरिय

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
२ मंसिर काठमाडौं । सेनेगलका कप्तान साडियो माने आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपबाट बाहिरिएका छन् । विश्वकप सुरु हुनु दुई साताअघि बायर्न म्युनिखका लागि खेल्ने क्रममा घाइते भएपनि सेनेगलले उनलाई टिममा राखेको थियो । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया गरेपछि जमर्न क्लब बायर्नले मानेले विश्वकपका सबै खेल गुमाउने पुष्टि गरेको छ । यसअघि सेनेगल फुटबल संघले मानेले पहिलो खेलमात्रै गुमाउने बताएको थियो । तर शल्यक्रियापछि उनी विश्वकपबाटै बाहिरिएका हुन् । माने करिब तीन महिना मैदान बाहिर हुनेछन् । सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्वकपबाट बाहिरिएको पुष्टि गर्दै अब विश्वकपमा टिमले उनको लागि खेल्ने बताएको छ । नोभेम्बर ८ मा वेडर ब्रेमेन विरुद्धको खेलमा उनको खुट्टामा चोट लागेको थियो । अफ्रिकन प्लेअर अफ दि इअर बनिसकेका मानेले गत वर्ष सेनेगललाई पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउन...