
नेकपा बहुमत निकट युवा संगठनले बन अधिकृतलाई दल्याे कालाेमाेसाे
कन्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काे युवा संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति र अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको छ।
संगठनका अनुसार ठाकुरले लामो समयदेखि वनसम्पदाको दोहन, गैरकानुनी र मिलेमतोमा हुँदै आएको काठ तस्करी तथा सार्वजनिक सम्पत्तिमा अनियमितता गर्दै आएको प्रमाणसहित जनकारबाही गरिएको हो। संगठनले भनेको छ, “राष्ट्रिय सम्पत्ति र वनजंगल लुट्नेहरूलाई अब जनताको प्रतिरोध सामना गर्न तयार हुनुपर्छ।”
यसअघि, सोही पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली प्रमाणपत्र बनाउने र बेच्ने कार्यमा संलग्न भएको आरोपमा सिटिइभिटीका सहायक निर्देशक तथा हाल जनकपुरस्थित पीपी स्मृति प्राविधिक शिक्षालयका प्राचार्य गोबिन्द पौडेलमाथि पनि कालोमसो दलेर जनकारबाही गरेको थियो।
नेकपा (बहुमत) निकट...