११ श्रावण २०८१, शनिबार

Tag: कतार विश्वकप

विश्वकप : उपाधी अर्जेन्टिनालाई

विश्वकप : उपाधी अर्जेन्टिनालाई

अन्तर्राष्ट्रिय, खेल, समाचार
४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए । फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका ला...
क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ।

Breaking News, खेल, समाचार
२८ मंसिर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् ।साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ। कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो। फिफा पुरुष विश्वकपको इतिहासमा मेस्सी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले । यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । यो खेल अर्जेन्टिनाले ३-० ले जितेको छ । आइतबार लुसेल रंगशालामै हुने फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उन...