११ श्रावण २०८१, शनिबार

Tag: एसईई

एसईईको तयारी पूरा , ५ लाख १६ हजार ५९१ परिक्षार्थी सहभागी हुँदै

एसईईको तयारी पूरा , ५ लाख १६ हजार ५९१ परिक्षार्थी सहभागी हुँदै

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ...
२०७९ काे एसईइकाे परीक्षा चैत दाेश्राे साता ।

२०७९ काे एसईइकाे परीक्षा चैत दाेश्राे साता ।

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले कक्षा १० को परीक्षाको लागि आवेदन फाराम छपाई र वितरण कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मङ्सिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ । त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्ब...