२१ असार २०८२, शनिबार

Tag: एसईइ

एसईइ परिक्षामा याे बर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी, सम्पूर्ण तयारी पूरा

एसईइ परिक्षामा याे बर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी, सम्पूर्ण तयारी पूरा

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ।‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने। पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ। परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए।परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ। यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्...
कर्णालीबाट याे बर्ष ३५ हजार ८०८ जना बिद्यार्थी एसईइ दिने भयका छन

कर्णालीबाट याे बर्ष ३५ हजार ८०८ जना बिद्यार्थी एसईइ दिने भयका छन

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिवार देखि  सुरू हुँदैछ ।याे बर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताइन। कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गइरहेको छ । गत वर्ष कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार ३४८ जना विद्यार्थीले एसईई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।...
एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेकाे छ । यसका लागि औपचारिक निर्णय गर्न बाेर्डकाे बैठक सुरु भएकाे छ । यस पटकको नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अन्तर्गत सार्वजनिक हुने बोर्डले जनाएको छ, जुन पुरानो ग्रेडिङ प्रणाली हो । अर्थात् यो नतिजामा कोही पनि विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । २०७८ मा नयाँ लेटर ग्रेडिङ निर्देशिका बनेपनि लागू नभइसकेका कारण पुरानै निर्देशिका अनुसार नतिजा प्रकाशित हुनेछ । पुरानाे निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ । उनीहरूलाई प्राप्ताङ्कका आधारमा कम्तीमा ‘ई’ ग्रेडसम्मको प्रमाणपत्र दिइन्छ । तर नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क नल्याउने विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुन्छन् । उनीहरूलाई दिइने प्रमाण...
एसईइ नतिजा सार्वजनिक

एसईइ नतिजा सार्वजनिक

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको शर्माले बताए । त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । ‘यस वर्ष माथिल्लो रेन्जको जीपीए ल्याउनेको संख्या गत वर्ष भन्दा बढी छ’ उनले भने । अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताए । परीक्षाको नतिजा...