११ श्रावण २०८१, शनिबार

Tag: एकता संयाेजन समिति

तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२७ पुस काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने न...