११ श्रावण २०८१, शनिबार

Tag: उद्घाटन

उर्जा मन्त्री बस्नेतद्वारा जिल्ला अस्पताल काे भवन उद्घाटन

उर्जा मन्त्री बस्नेतद्वारा जिल्ला अस्पताल काे भवन उद्घाटन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट। उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए । संघीय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भनाई राखेका थिए । भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्...