११ श्रावण २०८१, शनिबार

Tag: उदय चलाउने

असफल संसदीय व्यवस्था र यसको विकल्प

असफल संसदीय व्यवस्था र यसको विकल्प

Breaking News, राजनीति, विचार, शिक्षा
लोकतान्त्रिक गणतन्त्रका नाममा स्थापित वर्तमान राजनीतिक व्यवस्थालाई हामीले ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भनेका छौँ । यो राज्यव्यवस्थाका तीनवटा आधारभूत विशेषताहरू रहेका छन् । प्रथमतः यो ‘पुँजीवादी’ व्यवस्था हो । दोस्रो, यो व्यवस्था पुँजीवादी मात्रै नभएर ‘दलाल पुँजीवादी’ व्यवस्था हो र तेस्रो, यो दलाल पुँजीवादी हुनुका साथै ‘दलाल पुँजीवादी संसदीय’ व्यवस्था हो । १. यो व्यवस्था पुँजीवादी किन हो भने यो व्यवस्थाअन्तर्गत सम्पत्तिको स्वामित्व प्रणाली सामूहिक उत्पादन र निजी उपभोगमा आधारित रहेको छ । यो व्यवस्थाअन्तर्गत श्रम गर्नेहरू उत्पादनका मालिक हुन सक्दैनन्, बरु त्यसको उल्टो श्रम लुट्नेहरू उत्पादनका मालिक हुन्छन् । जसरी एउटा सानो उद्योगमा उत्पादित कुटो, कोदालो, फरुवा होओस् वा आधुनिक कारखानामा उत्पादित कपडा, मेसिन वा औजार होओस् त्यसको मूल्य निर्धारण मजदुरले होइन, उद्योगको मालिकले गर्दछ ठीक त्य...