११ श्रावण २०८१, शनिबार

Tag: उत्तर कोरिया

अमेरिकी षड्यन्त्रकाे दृढतापूर्वक प्रतिरोध गर्नेछौँ : उत्तर काेरिया

अमेरिकी षड्यन्त्रकाे दृढतापूर्वक प्रतिरोध गर्नेछौँ : उत्तर काेरिया

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
प्योङयाङ : जनगणतन्त्र कोरियाका विरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले षड्यन्त्रपूर्ण ढङ्गले कथित मानवअधिकारको कुरा उठाउन लगाएपछि तीनवटा निकायले गम्भीर चेतावनी दिँदै उक्त प्रस्ताव र राष्ट्रसङ्घको आवरणमा अमेरिकी षड्यन्त्रको प्रतिरोध गरेका छन् । राष्ट्र्सङ्घको उक्त कदमलाई अमेरिकी स्वार्थ पूर्ति गर्ने योजना र निकायका रूपमा परिभाषित गर्दै कोरियाका विदेश मन्त्रालय, संयुक्त राष्ट्रसङ्घका लागि जनगणतन्त्र कोरियाको स्थायी नियोग र जनगणतन्त्र कोरियाको विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि महानिर्देशकले बेग्लाबेग्लै जारी गरेको वक्तव्यमा संसारभर मावअधिकार हनन गर्ने रक्तपिपासु अमेरिकाले कोरियासँग शत्रुता बढाउने उद्देश्यले अनावश्यक रूपमा विभिन्न विषय उछाल्न लगाएकाले त्यसको दृढतापूर्वक प्रतिरोध गरिने उल्लेख छ । जनगणतन्त्र कोरियाको विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सङ्गठनहरूका उपमन्त्री किम...

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राजनीति, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेका दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ। उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। रासस/सिन्ह्वा ...