११ श्रावण २०८१, शनिबार

Tag: उज्यालो

जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का

जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको ठेक्का गरिएको आह्वन गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सबस्टेसन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का आह्वान गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सबस्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेसन ६ महिनाभित्र पूरा हुने बताएका छन् । काम गर्ने जनशक्ति कम भएका कारण आफू समस्यामा परेको उनले बताए...