११ श्रावण २०८१, शनिबार

Tag: ईटहरि

आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे  भन्डाफोर सभा हुँदै

आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे भन्डाफोर सभा हुँदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो । सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।...