११ श्रावण २०८१, शनिबार

Tag: इन्दिरा राना

उपसभामुख मा इन्दिरा राना निर्वाचित

उपसभामुख मा इन्दिरा राना निर्वाचित

निर्वाचन, राजनीति, समाचार
७ माघ काठमाडौं ।राष्ट्रिय सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेकाे थियोे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । रानाकाे पृष्ठभूमि राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् । साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बालबालिकाको स्याहार र शिक्षा दिक्षामा गरेको सहयोगले ...