११ श्रावण २०८१, शनिबार

Tag: इजाजत नवीकरण

मन्त्रालयद्वारा निर्माण व्यावसायिलाई इजाजत पत्र नवीकरण गर्न निर्देशन

मन्त्रालयद्वारा निर्माण व्यावसायिलाई इजाजत पत्र नवीकरण गर्न निर्देशन

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न निर्देशन दियकाे छ  । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ । इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ । उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ । इजाजत पत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र समेत अनिवार्य ल्याउन अनुरोध गरिएको छ ।...