५ जेष्ठ २०८२, आईतवार

Tag: अस्थायी आवास

भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :गत कात्तिक १७ गते राति ११:४७ बजे तिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको पुस १७ गते दुई महिना पुगेको छ । तर अस्थायी घर बनाउने प्रक्रिया कागजमै घुमिरहेकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।काेहि पाल मुनि त काेहि काठकाे गाेठ र ढुङ्गाकाे ओडार मुनि  याे जाडाे माैसममा कष्टकर जीवन बिताईरहेका छन । खुल्ला आकाश र त्रिपाल मुनिकाे  चिसोले धेरै बिरामी परेका छन्। तीन बालबालिका,दुई सुत्केरी र बृद्धबृद्धासहित जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ गरी ३५ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन्। अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको छ। ...