११ श्रावण २०८१, शनिबार

Tag: अमेरिकी सभामुख

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
वासिङटन डिसी : अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ। उनको सान फ्रान्सिस्कोको घरभित्र पसेर आक्रमणकारीले उनीमाथि हथौडाले ‘आक्रमण’ गरेको हुन्। यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनको शल्यक्रिया गरिएको छ । यस आक्रमणमा ८२ वर्षीय पाउल पेलोसीको टाउको फुटेको छ र दाहिने हातमा गम्भीर चोट लागेको छ। पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो। ४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि आफ्नी श्रीमती न्यान्सी पेलोसीसँग भेटाइदिन माग गरेाको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन । आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगिन...