
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता ब्यक्त गरेकाे छ ।
केन्द्र का अध्यक्ष हस्तबहादुर केसिद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति ऐक्यबद्धता जाहेर गरेकाे हाे । विज्ञप्तिमा भनियकाे छ ,
"आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन । आज संसारभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरुले ११४ आौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति विश्वभर क्रियाशील हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ ।"
आजसम्म पनि विश्वभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरु एकातिर वर्गीय रुपले र अर्कोतिर जातीय , क्षेत्रीय लिंगीय , धार्मिक तथा पृति...