३ आश्विन २०८१, बिहीबार

Breaking News

नेकपाका नेताकार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने सरकारको निर्णयलाई विप्लव नेतृत्वको नेकपाद्वारा स्वागत

नेकपाका नेताकार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने सरकारको निर्णयलाई विप्लव नेतृत्वको नेकपाद्वारा स्वागत

Breaking News, विगन्यूज
काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेपछि विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले तीन बुँदे सहमति बमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेको हो । सरकारको उक्त निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयको स्वागत गर्दै पार्टीको धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीले २०७९ भाद्र २२ गते गृहमन्त्री बालकृष्ण खाणसँगको भेटवार्ता र भाद्र २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सरकारी टोलीसँगको भेटवार्ता एवं सहमतिअनुसार सरकार तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारुकताक...