२०८३ असार १०, बुधवार

Breaking News

शीत लहर बढेसंगै देशैभरी जाडाे बढ्याे ।

शीत लहर बढेसंगै देशैभरी जाडाे बढ्याे ।

Breaking News, माैसम, राष्ट्रिय, समाचार
२१ पुस, बिहीबार  । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको । तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो । अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक-दुई दिन कायमै रहने पूर्वानुमान गरिएको मौसमविद विनु महर्जनले बताइन् । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पन...
पाेषण तथा खाद्य सुरक्षा सम्बन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाेषण तथा खाद्य सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, शिक्षा, समाचार, स्वास्थ
२० पुस जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तरगत भेरि नगरपालिका खलगा जाजरकोट  द्वारा संचालित बहुक्षेत्रिय पाेषण याेजना कार्यक्रम अन्तरगत पाेषण सम्बन्धिकाे अभिमुखिकरण कार्यक्रम  भेरि नगरपालिका १ पिपेमा मंगलबार  सम्पन्न भयकाे छ । कार्यक्रमकाे संचालन र सहजिकरण परियाेजना भेरि नगरपालिका कि  पाेषण संयाेजक लक्ष्मि घर्ती (चन्द) र अध्यक्ष्यता भेरि नगरपालिका १ का वडा अध्यक्ष दिपक राना ले गर्नु भयकाे थियाे । उक्त कार्यक्रममा भेरि नगरपालिका १ अन्तरगतका आधारभुत र मा बि का प्रअ र बि ब्य स अध्यक्षहरु, आधारभुत स्वास्थ्य शाखा पिपे का प्रमुख , समाजसेवी , बुद्धिजीवी र महिला स्वंयमसेविका हरुकाे सहभागिता रहेकाे थियोे । विशेष गरि महिला बालबालिका र कुपोषित ब्यक्ति हरुकाे जीवन सुधार गर्नका लागि गर्नु पर्ने क्रियाकलाप र अपनाउने विधि काे बिषयमा सहजिकरण संयाेजक लक्ष्मि घर्ती ( चन्द ) ले गरेकि  थिईन  । कार्यक...
सत्ता साझेदारी दलकाे बालुवाटारमा बैठक

सत्ता साझेदारी दलकाे बालुवाटारमा बैठक

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास...
गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सुरक्षा समितिकाे बैठक

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सुरक्षा समितिकाे बैठक

Breaking News, राष्ट्रिय, समाचार
१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए । त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए । पहिलो बैठक हो, खास एजेण्डा थिएन । सामान्य छलफल भए’, बैठकमा सहभागी एक अधिकारीले भने । स्रोतका अनुसार छलफलमा सहभागी सुरक्षा अधिकारीहरुले संगठनमा तल्ला तलका कर्मचारीले सिधै गृहमन्त्री वा अरुलाई भेट्ने प्रवृत्ति रहेको बताउँदै त्यसले संगठन कमजोर हुने भनाइ राखेका थिए । जवाफमा उनले सुरक्षा निकायलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । बैठकले बाहिर उल्लेख गर...
बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएक‍ो छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १:२३ देखि ३:२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो। राति १:२३ मा अधिकारी चौर भएर ४.७, राति २:७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।   ...
अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
१२ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल नेपाल जन साँस्कृतिक महासंघ काे केन्द्रीय विशेष  भेला सम्वाद डब्बलि अनामनगर काठमाडौंमा सम्पन्न  भयकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ काे  १३० ओेैँ  दिवशकाे सन्दर्भमा माओेलाई स्मरण गर्दै बिशेष  भेला संचालन भयकाे हाे। ,भेलामा अध्यक्षता र संचालन महासंघका संयाेजक खेम थपलिया , अतिथि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला , नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य सार्दुल ,बागमती ब्युराे ईन्चार्ज सरद रसायली लगायत  देशै भरिका प्रतिनिधि हरु काे सहभागी रहेकाे थियाे ।भेलाले खेम थपलिया अध्यक्ष रहने गरि २९ जना केन्द्रीय समिति चयन गरेकाे छ ।...
माओवादी केन्द्र  पदाधिकारीकाे बैठक बस्दै ।

माओवादी केन्द्र पदाधिकारीकाे बैठक बस्दै ।

Breaking News, राजनीति, समाचार
११ पुस, काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । त्यसै विषयमा सत्ता गठबन्धनको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।  ...
शपथग्रहण पछि आजै मन्त्रीमन्डल गठन गर्ने प्रचण्डको तयारी ।

शपथग्रहण पछि आजै मन्त्रीमन्डल गठन गर्ने प्रचण्डको तयारी ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
११ पुस, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थन सहि...
पुरानो गठबन्धन उल्टियाे ,एमाले र माओवादी केन्द्र  सरकार गठनमा सहमति

पुरानो गठबन्धन उल्टियाे ,एमाले र माओवादी केन्द्र सरकार गठनमा सहमति

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’ १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ । बालकाेट भेट का तस्बिर ...
आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ । ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसक...