सार्वजनिक गाडीहरू ग्यारेजमा थन्किए, सडक खाली
काठमाडौं । सोमबार काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन्।
यातायात व्यवसायीहरूको सोमबारदेखि देशैभरि सार्वजनिक यातायात अनिश्चिकालीन बन्द आह्वान गरेका छन्।
त्यसैको प्रभाव शनिबार बिहानैदेखि काठमाडौंमा देखिएको छ।
यातायात बन्द हुँदा बिहानै काममा जाने र कलेज पढ्ने विद्यार्थीहरू मारमा परेका छन्। यात्रुहरू गन्तव्यमा पुग्न पैदल हिँडिरहेका देखिन्छन्।
काठमाडौं उपत्यका भित्र मात्रै होइन काठमाडौं बाहिर जाने गाडीहरू पनि बिहानैदेखि चलेका छैनन्।
लामो र छोटो दूरीका सवारी साधनहरू नयाँ बसपार्कमा थन्किएर बसेका छन्।
काठमाडौं भित्र चल्ने सार्वजनिक सवारी साधनहरू पनि विभिन्न ग्यारेज र घरमा थन्काएर राखिएका छन्।
सार्वजनिक यातायात ठप्प पार्ने चेतावनीसहित आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट...









