चालु वर्षमा सेवा क्षेत्रमा सुधार देखिए
विशेषगरी पर्यटन क्षेत्रसँग सम्बन्धित सेवाबाट हुने कारोबारमा सुधार देखिएको हो। जसकारण यस्तो सेवाबाट संकलन हुने मूल्य अभिवृद्धि कर (भ्याट) यो वर्ष उल्लेख्य बढेको छ। चालु वर्षमा सेवा क्षेत्रमा सुधार देखिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार चालु वर्षको यो अवधिसम्म हवाई उडान, सञ्चार सेवा, बीमा, अन्य सेवाबाट संकलन हुने राजस्व मात्रै १३ अर्ब रूपैयाँ पुगेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ७२ प्रतिशतले बढी हो।
यो शीर्षकबाट उठेको राजस्वमा सबभन्दा धेरै योगदान हवाई उडानको छ।
सरकारले आर्थिक वर्ष २०८०/८१ बाट हवाई टिकटमा भ्याट लगाउन सुरू गरेको थियो। चालु वर्षको करिब ६ महिनाको अवधिमा ६ अर्ब ५५ करोड ५७ लाख रूपैयाँ बराबरको भ्याट हवाई उडानबाट संकलन भएको छ।
हवाई यात्रा बढेसँगै यसको प्रभाव सरकारले संकलन गर्ने राजस्व बढेको हो।
त्यस्तै सञ्चार सेवाबाट तीन अर्ब २३ करोड ५० लाख ...









