खानेपानीमन्त्री यादव भारत प्रस्थान
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादव आज शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुनेछ ।’
भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्...








