२९ जेष्ठ २०८३, शुक्रबार

समाचार

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।...
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

समाचार
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।   शिक्षक आन्दोलन थप पेचिलो बन्दै गइरहेका बेला उनले राजीनामा दिएकी हुन् । भट्टराईको सचिवालयले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएको छ ।   शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । ...
उपचारको क्रममा एक कैदीको मृत्यु

उपचारको क्रममा एक कैदीको मृत्यु

समाचार
काठमाडौं । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ।   इलाम माङ्सेबुङ गाउँपालिका घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको हो।   सोमबार साढे ४ बजे अचानक ढलेका थिए। प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।   प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाँटीको क्यान्सर लक्षण देखा परेको छ।   ...
लगातार दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

लगातार दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

समाचार
काठमाडौं । सोमबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने बढेको छ।   आइतबार आठ अर्ब ४३ करोडमा सोमबार आठ अर्ब ७७ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ अर्ब रूपैयाँ बढेको हो।   आज ३१९ वटा धितोपत्रको दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता सेयर किनबेच भएको हो।सोमबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।   उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ७१२ रूपैयाँ २० पैसा र ५८८ रूपैयाँ ९० पैसा कायम भएको छ।यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक्को मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७४६ रूपैयाँ ५० पैसा पु...
नागढुंगाको जाम छल्न सीतापाइला-भीमढुंगा-धार्के सडक

नागढुंगाको जाम छल्न सीतापाइला-भीमढुंगा-धार्के सडक

समाचार
काठमाडौं । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रने यात्रुहरूलाई नागढुंगाको जामले दिकदार बनाउँछ।   नागढुंगा-नौबिसे सडक स्तरोन्नतिका काम भइरहेकोले पानी पर्दा हिलो र घाम लाग्दा घुलोले सताउँछ, यात्रुहरूलाई हैरान पनि पारेको छ।   सवारी चालकहरू र यात्रुहरूको विकल्पमा केही समयदेखि सीतापाइला-भीमढुंगा-धार्के सडक रोजाइमा पर्न थालेको छ।   नागढुंगा-नौबिसे सडक खाल्डाखुल्डी छ। त्यसैले पनि निजी सवारी साधनहरू प्रयोगकर्ताहरूले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। यात्रुवाहक माइक्रोलगायत सवारी साधन पनि यही सडक खण्ड भएर चल्न थालेका छन्। नागढुंगाको जाम र खाल्डाखुल्डी छल्न पनि सीतापाइला-भीमढुंगा-धार्के सडकको प्रयोग बढ्दो छ। सीतापाइलादेखि भीमढुंगा निस्केर धार्के झर्ने सडक २४ किमी दूरीको छ। ...
शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...
स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग : स्वास्थ्यकर्मी ट्रेड युनियन

स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग : स्वास्थ्यकर्मी ट्रेड युनियन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गनुपर्ने माग राखी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।संघियतालाई सफल रुपमा कार्यान्वयन गर्न लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गनुपर्ने तर हालसम्म पनि औपचारिक रुपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया समेत नगरेकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुुट्टै स्वास्थ्य सेवा ऐन ल्याउनु पर्ने खतिवडालाई ध्यानाकर्षण गराएका छन । ध्यानाकर्षणमा संयुक्त निजामती कर्मचारी टृेड युनियनहरुले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गनुपर्ने माग प्रति गम्भिर ध्यानाकर्षण भएको र निजामती टेृड युनियनहरुको हैकमवादि र निरकुंश प्रवृति भएको र आफ्नो क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरेको र स्वास्थ्यकर्मी टेृड युनियनहरुको सौदावाजी ग...
बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त

समाचार
काठमाडौं। काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका शिक्षक कर्मचारीहरुले आइतबार बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।   नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ ।   गत चैत २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले बिहान ९ बजे नै मण्डलामा जम्मा भएका हुन् । ...
लागुऔषधसहित १२ जना पक्राउ

लागुऔषधसहित १२ जना पक्राउ

समाचार
काठमाडौं । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।   मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।   चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर-२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।   त्यस्तै, कै...
माइक्रो र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते

माइक्रो र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते

समाचार
काठमाडौं । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।   डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।   मृतकको सनाखत हुन बाँकी छ।   माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको बताए।   ...