सिफलबाट हराएकी बालिका भेटिइन् रक्सौल नाकामा
काठमाडौं । काठमाडौंको गौशालास्थित माइती नेपालको कार्यालयमा सोमबार साँझ एक जना महिलासहित केही व्यक्तिहरू आइपुगे।
कार्यालय समय सकिसकेकाले सबै कर्मचारी घर फर्किने तरखरमा थिए। त्यही बेला ती महिला बारम्बार गुहार मागिरहेकी थिइन्।
आफ्नी १३ वर्षीया छोरी घरबाट बेपत्ता भएको भन्दै खोज्नका लागि उनीहरू मद्दत माग्न त्यहाँ पुगेका हुन्।
सिफल बस्ने उनीहरू सुरूमा प्रहरी वृत्त गौशाला गएका थिए। तर खोजीका लागि माइती नेपालले पनि सघाउने भएपछि उनीहरू त्यहाँ पुगेका थिए।
‘उहाँहरू गौशाला प्रहरी कहाँ पुग्नुभएको थियो। त्यहाँबाट माइती नेपाल आउनुभयो,’ माइती नेपालमा कार्यरत उमा तामाङले भनिन्।
त्यसपछि तामाङले बालिकाको नाम, उमेर, ठेगाना, फोटो लिएपछि तत्कालै आफ्नो सबै च्यानलमा परिपत्र गरिएको थियो।
उनले बालिकाको तस्बिर माइती नेपालको फेसबुक ग्रुपमा पनि हालेकी थिइन्।
स...








