त्रिविद्वारा हतारमा गर्न खाेजियकाे परिक्षा पुनर्विचार गर्
१८ माघ काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी त्रिवि विशेष क्याम्पस समितिले विद्यार्थीलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न त्रिवि परीक्षा नियन्त्रकसँग माग गरेको छ ।
समितिका इन्चार्ज गोविन्द बिस्टको नेतृत्वमा परीक्षा निरीक्षकलाई बुझाइएको ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षातालिका पुस २९ गते सार्वजनिक गरेको, फागुन ७ गतेसम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भर्ने मिति राखिएको छ तर हतार–हतार फागुन १० गते नै परीक्षा गर्ने त्रिविको निर्णय सच्याउन विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति त्रिविले साधेको मौनताप्रति सङ्गठन गम्भीर बनेको उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘विगतदेखि कार्यतालिका व्यवस्थित गर्न नसकेको त्रिविले आफ्नो कमजोरी र अक्षमता अकस्मात् विद्यार्थीको टाउकोमा थोपरिद...