२०८३ श्रावण १८, सोमवार

राजनीति

कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?

कर्णाली प्रदेशका नवयिनुक्त मुख्यमन्त्री मंगलबहादुर शाही को हुन.. ?

राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार, सुचना संचार
सुर्खेत : मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।उनलाई आफ्नो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ । ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ । एमालेको समर्थन पाएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको ४ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् ।यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत भएका थिए । केन्द्रमा माओवादी र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकता भयो, पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रह्यो । उक्त एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश माओवादी संसदी...
सर्वदलीय बैठक सम्पन्न, सद्‍भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल

सर्वदलीय बैठक सम्पन्न, सद्‍भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ। बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र विश्वासको वातावरण कायम गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी बैठक आयोजना गर्न निर्देशन दिएको छ। बुधबार जारी सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलमा केन्द्रको ...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहीले मङ्गलवार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। शाहीकाे शपथ भने भाेलि हुनेछ ।  ...
कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत : कर्णालीमा मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् ।एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए । बुधबार उनीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष एकसाथ राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफुहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाइएको पुष्टि गर्दै भने, “हामीले राजीनामा बुझाउने भनेकै मुख्यमन्त्रीसमक्ष हो। त्यही अनुसार राजीनामा बुझाएका छौँ। बाँकी विषय सरकारका प्रवक्तासँग बुझ्नुहोला।,” राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री ...
विनोद थापाको नेतृत्वमा ६१ सदस्यीय श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्न

विनोद थापाको नेतृत्वमा ६१ सदस्यीय श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौँ : अखिल नेपाल श्रमिक महासंघको राष्ट्रिय भेला  सम्पन्न भएको छ । समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट महासंघले शनिबार राजधानीमा सयौं श्रमिक मजदुरको सहभागितामा राष्ट्रिय भेला सम्पन्न गरेको हो । पार्टीका महासचिव पूर्णबहादुर सिंह (समरजङ्ग) को प्रमुख आतिथ्यता र पार्टीका स्थायी कमिटी सदस्य माधव गौतम (विनयराज), खम्बु चन्द (समिरसिंह) लगायत केन्द्रीय नेताहरूको बिशेष भेलामा बिशेष उपस्थित रहेको थियो । उक्त भेलाले विनोदकुमार थापाको अध्यक्षतामा ३ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना सचिव,१ जना कोषाध्यक्ष र १ जना सह- कोषाध्यक्ष सहित ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित समिति गठन भयको छ । विनोदकुमार थापा झण्डै दुई दशक देखि मजदुर आन्दाेलनमा सक्रिय मजदुर नेता हुन् । उनी मजदुर अधिकारका निम्ति निरन्तर संघर्षमा रहेका मजदुरका बिज्ञ नेताका रुपमा परिचित छन् । भेला कार्यक्रमको अध्यक्षता विनोद कुमार थापाले...
समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रस्तुत गरेको "नेपाली जनक्रान्तीको अवधारणा" कम्युनिस्ट एकताको सकारात्मक कदम रहेको  कम्युनिस्ट नेताहरूको जोड।समाजवादी कम्युनिष्ट पार्टी नेपाल आइतबार राजधानीमा  आयोजना गरेको "नेपाली जनक्रान्तीको अवधारणा" बिषयीक अन्तरक्रियामा टिप्पणी गर्दै नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरूले पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिय। वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको सत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिं...
“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिष्ट पार्टी नेपालले "नेपाली जनक्रान्तिको अवधारणा" बिषयीक "अन्तरक्रिया" कार्यक्रम गर्ने भयको छ। पुर्ण बहादुर सिंह समरजङ्ग नेतृत्वको उक्त पार्टीले सो कार्यक्रम को आयोजना गरेको हो । काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा दिउँसो ११ बजे हुने उक्त कार्यक्रममा बिभिन्न पार्टीका नेता र पत्रकारहरूको उपस्थित रहने एक नेताले जानकारी दिए।    ...
ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको  एक नेताले जानकारी दिए । यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको सा...
रास्वपा केन्द्रीय सदस्यमा भरत  प्रसाद पराजुलीको उम्मेदवारी घोषणा, युवामुखी एजेण्डासहित मैदानमा

रास्वपा केन्द्रीय सदस्यमा भरत प्रसाद पराजुलीको उम्मेदवारी घोषणा, युवामुखी एजेण्डासहित मैदानमा

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भरत प्रसाद पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। युवालाई प्रोत्साहन, रोजगारी सिर्जना, सुशासनको प्रवर्द्धन तथा जनविश्वास जित्ने नेतृत्व निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्। लामो समयदेखि सामाजिक, राजनीतिक तथा जनसरोकारका विषयमा सक्रिय रहँदै आएका पराजुलीले देशमा बढ्दो बेरोजगारी, युवापलायन र नेतृत्वप्रति घट्दो जनविश्वासलाई चुनौतीका रूपमा लिँदै पार्टीभित्र नयाँ सोच र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताएका छन्। उम्मेदवारी घोषणासँगै उनले युवाशक्तिलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। “देशका लाखौं युवाको क्षमता, सीप र ऊर्जालाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो,” उनले बताएका छन्। पराजुलीले पार्टी संगठनलाई अझ बलियो, पारद...
युवाहरु अशाेक सुवेदी समुहको भ्रममा नपराै : आकाश कार्की

युवाहरु अशाेक सुवेदी समुहको भ्रममा नपराै : आकाश कार्की

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट समाजवादी युवा संगठन नेपालका अध्यक्ष आकाश कार्कीले अशोक सुवेदीले आँफुहरुलाई जानकारी नै नदिई नक्कली हस्ताक्षर बनाई विज्ञप्ति निकालेको भन्दै सार्वजनिक चेतावनी दिएका छन् । अध्यक्ष आकाशले चेतावनी दिदै भनेका छन् आफु पुर्ण बहादुर सिंह´समरजंग`ले नेतृत्व गरेको समाजवादी कम्युनिस्ट पार्टी नेपालमै रहेको बताएका छन् । उनले एक वक्तव्य जारी गर्दै भनेका छन "उपरोक्त सम्बन्धमा यो जानकारी गराउँदछौँ कि समाजवादी युवा संगठन नेपाल कुनै पनि व्यक्ति र समुहको पक्षधर हाेईन,याे सम्पुर्ण जनता र देशको हिमायती हाे ।त्यसैले अशोकले नेतृत्व गरिएको भनिने समूहका कुनै पनि गतिविधिहरूसँग समाजवादी युवा संगठन नेपालको कुनै सहमति एवम् समर्थन नरहेको अवगत गराउँदछौँ। साथै कमरेड अशोक सुवेदीले नक्कली हस्ताक्षर प्रयोग गरेर म र युवा संगठनलाई दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौँ। सम्पूर्...