१५ बैशाख २०८३, मंगलवार

Author: तुफान न्यूज

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

समाचार
काठमाडौं । काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् ।   नागार्जुन नगरपालिका–१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनापछि तलब बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काममा फर्किएसँगै कर्मचारीले तलब पाएका हुन् ।   मेयर बालेन शाहले निलम्बनमा राखेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले काममा फर्काएका थिए ।   महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ । गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो। ...
बोरामा १३ वर्षीया बालिकाको शव फेला घटनामा एक जना पक्राउ

बोरामा १३ वर्षीया बालिकाको शव फेला घटनामा एक जना पक्राउ

समाचार
काठमाडौं । सिराहामा बोराभित्र १३ वर्षीया बालिकाको शव फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।गोलबजार नगरपालिका-९ गोबिनपुरकी १३ वर्षीया गुलसना खातुनको शव फेला परेको घटनामा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो।   प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न गोबिन्दपुरकै २४ वर्षीय जनक भन्ने वीरबहादुर सार्कीलाई पक्राउ गरेको हो।   गुलसना फागुन २९ गते अन्दाजी ९ बजेतिर घाँस काट्न भनेर घरबाट हिँडेकी थिइन्। तर उनी फर्किएर नआएपछि परिवारले खोजी थालेका थिए। चैत १ गते इलाका प्रहरी कार्यालय मिचैयामा गुलसनाकी आमा जेहदाले निवेदन दिएकी थिइन्।चैत १२ गते मध्याह्नमा गोलबजार-९ घुर्मी खोला किनारामा एक बालिकाको शव फेला परेको थियो।   शव बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। ती बालिका बेचन अली र जेहदा खातुनकी १३ वर्षीया गुलसना नै रहेको खुलेको थियो।जिल्...
पोहोर साइकलबाट लडाएर खुट्टा भाँचिदिए, यसपटक ढुंगा हानेर गरे हत्या

पोहोर साइकलबाट लडाएर खुट्टा भाँचिदिए, यसपटक ढुंगा हानेर गरे हत्या

समाचार
काठमाडौं । बाँकेमा मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भनिएका व्यक्तिको हत्या भएको पुष्टि भएको छ ।बैजनाथ गाउँपालिका– २ गुनापुरस्थित भित्री सडक खण्डमा स्थानीय ६६ वर्षीय मुसुवा थारू घाइते फेला परेका थिए ।   गुनापुर चोकबाट साइकलमा घर जाँदै गरेका थारूलाई सुरूमा मोटरसाइकलले ठक्कर दिएर भागेको अनुमान गरिएको थियो। उनको टाउको र अनुहारमा गम्भीर चोट थियो। तत्काल उपचारका लागि प्रहरीले कोहलपुरस्थित मेडिकल कलेज पठायो। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार थारूको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।   थारू दुर्घटनामा परेको भनेर खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकटुवाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक तेजबहादुर रानाको कमाण्डमा दुई जनाको टोली खटिएको थियो। ठक्कर दिएको मोटरसाइकल फेला नपरेपछि इलाका प्रहरी कोहलप...

तीनकुने घटनामा एनी कुँवर पक्राउ

समाचार
काठमाडौं ।  राजावादी समर्थकले चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।   पक्राउ परेकी युवती एनी कुँवर रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।   उनलाई अपराध अनुसन्धानको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको एसपी जिसीले जानकारी दिए।   ...
गुडिरहेको अटोमा ढुंगा खसेपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु

गुडिरहेको अटोमा ढुंगा खसेपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु

Breaking News
काठमाडौं । मकवानपुरमा सडकमाथिबाट ढुंगा खसेर गुड्दागुड्दैको अटोमा बजारिएपछि घाइते भएका चालकको मृत्यु भएको छ।   मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-०८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगर छन्। उनको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न १२:२० बजे निधन भएको थियो।   आइतबार मकवानपुरको मकवानपुरगढि गाउँपालिका-२ गढी दरबारस्थित कान्ति लोकपथ सडकखण्डमा हेटौंडाबाट गढी दरबार जाँदै गरेको ना २ ह १२९० नम्बरको अटोमा सडकमाथिबाट ढुंगा खसेको थियो।   ढुंगा खसेपछि अटो अनियन्त्रित भएर सडक किनाराको नालीमा खस्दा थापा गम्भीर घाइते भएका थिए।   ...
विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोट खलंगामा दोस्रो सहीद विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु भएको छ । आइतबार भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले औपचारिक रुपमा कपको उद्दघाटन गरेका हुन् । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सहीद स्मृति यूवा क्लवको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालय खलंगाको फिल्डमा सुरु भएको क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए ।उनका अनुसार कपमा १० टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदको माध्यमबाट यूवा पुस्तालाई लागुऔषध दुव्र्यसनी बाट मुक्त गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘यो कार्यक्रम एकदम ठीक छ, उनले भने, ‘यसले यूवालाई अनुशासनका साथै लागुऔषध दुव्र्यसनी बाट बच्न समेत सहयोग गर्छ ।’ अहिलेका यूवापुस्ताले लागुपदार्थ सेवन नगरी सिर्जनात्मक काम त...
राजतन्त्र होइन, शान्ति र समुन्नत विकास आजकाे आवश्यकता : छविराज सिंह

राजतन्त्र होइन, शान्ति र समुन्नत विकास आजकाे आवश्यकता : छविराज सिंह

Breaking News, विचार, शिक्षा
काठमाडौं : पछिल्लो समय देशमा राजतन्त्र पुनःस्थापनाबारे चर्को बहस चलिरहेका बेला पत्रकार छबिराज सिंहले जनताको प्राथमिकता स्पष्ट रहेको बताएका छन्। उनले भनेका छन्, “जनताले राजा होइन, शान्ति र समुन्नत विकास खोजेका छन्।” सिंहले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा देशले भोग्दै आएको अस्थिरता, भ्रष्टाचार र विकासको गतिमा आएको अवरोधप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, राजनीतिक नेतृत्वले जनताको चाहनाअनुसार सुशासन र स्थायीत्व दिन नसक्दा निराशा बढिरहेको छ। उनले भने, “राजतन्त्र फर्काउनु समाधान होइन। समाधान भनेको उत्तरदायी लोकतन्त्र, जवाफदेही सरकार र नागरिकको विश्वास जित्ने नेतृत्व हो।” सिंहले वर्तमान राजनीतिक दलहरूलाई गम्भीर आत्ममूल्यांकन गर्न आग्रह गर्दै चेतावनी दिएका छन् कि जनताको धैर्य सीमित हुन्छ, र यदि जनताले परिवर्तन खोजेका हुन् भने त्यो परिवर्तन विकास र शान्तिको रूपमै हुनुपर्छ...
दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

मनाेरन्जन, समाचार
काठमाडौं । बिभिन्न समयमा कार्यक्रमहरु गर्दे आएको एक्टिभ म्युजिक प्रा.लि.ले गत बर्ष बाट शुरु गरेको कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड लाई यो बर्ष पनि निरन्तरता दिदै दोस्रो श्रृंखला अन्तरगत दोस्रो कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड — २०२५ गर्ने घोषणा गर्दै कार्यक्रम अगाडी बढाएको छ । एक्टिभ म्युजिक प्रा.लि.ल यस बर्षको लागि आवेदन दिएकाहरु मध्य बाट २२ बिधामा सर्वोत्कृष्ट पाँच घोषणा अनलाईन माध्यमबाटै गर्ने भएको हो । संस्थाका प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेका अनुसार पछिल्लो समय बिकसित परिस्थितिलाई मध्य नजर गर्दै भौतिक रुपमा कार्यक्रम गर्नु भन्दा अनलाईन बाट सार्वजानिक गर्दा अझ प्रंभावकारी बन्ने भएकोले यसपालिको कार्यक्रमको मोडालिटी चेन्ज गरेको बताउनु भयो । दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५को २२ बिधामा सर्वोतकृष्ट पाँच निम्नानुसार रहेको छ । सर्वोत्कृष्ट आधुनिक गित गायक १.रुपक ...
चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिने

चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिने

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ । चीनको गुइलिनमा आगामी वैशाखमा तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्युजन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुनेभएको छ । एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्ट प्रालिले चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्यकला लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायतको ४० भन्दाबढीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन । “आगामी बैशाख २८ गते चीनको गुइलिनमा दुवै देशको सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुवै देशको सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएक...