२०८३ श्रावण १८, सोमवार

Author: तुफान न्यूज

देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव

देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ, बर्षाका कारण नदिकाे आसपास बसाेबास गर्ने र राजमार्गमा आवतजावत गर्ने हरुलाई सचेतता अपनाउन माैसमविद्हरुले जानकारी दियका छन ।खासगरी सनिवार देखि मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरि घेराको असरले नेपालमा पानी परेको हो । मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई...
ग्रील तथा स्टील व्यवसायी संघको व्यवसाय अनुगमन : झोले मिस्त्री बिस्थापित गर्ने

ग्रील तथा स्टील व्यवसायी संघको व्यवसाय अनुगमन : झोले मिस्त्री बिस्थापित गर्ने

समाचार
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले झोले मिस्त्री बिस्थापन गर्ने भन्दै व्यवसाय अनुगमन कार्य अगाडी बढाएको छ । कोरोना प्रभाव पछि सुस्ताएको ग्रील तथा स्टील व्यवसाय अहिले सम्म राम्रो संग उठ्न नसकेर व्यवसायनै छोडेर हिड्नु पर्ने अवस्था सिर्जना भए पछि व्यवसायीहरु यतिबेला बिभिन्न स्थानहरुमा अनुगमन गर्दै झोले मिस्त्री बिस्थापित गर्ने अभियानमा लागेका छन् । अनुगमनको क्रममा कामपा १६ चःमतीमा व्यवसायभन्दा बाहिरका व्यक्तिहरुले फलामको ट्रस बनाएको भेटिएपछि तत्कालको लागि त्यहाँको कार्य रोकी आवश्यक प्रकृया पुर्याएरमात्र कार्य सुचारु गर्न अनुगमन समितिले त्यहाँबाट वेल्डिङ मेसीन लगायतका सामाग्रीहरु ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको कार्यालयमा राखेको छ । ...
कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। आईतवार बेलुका गाउपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि छेडागाड नगरपालिका-५ चंखेली भन्ने स्थानमा आक्रमण भएको हो बताइएको छ। अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते  भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई भने चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन। आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।  ...
खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोट खाेलामा पौडी खेल्न गयकि एकै घरकि दुई दिदी बहिनि मृत अवस्थामा भेटिए कि छन । कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ ।आज शनिबार शव परीक्षण गरिने उनले बताए ।...
जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन हाे : डा. बाबुराम भट्टराई

जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन हाे : डा. बाबुराम भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :पूर्वप्रधानमन्त्री तथा नेसपा ( नयाँ शक्ति )का अध्यक्ष  डा. बाबुराम भट्टराईले भट्टराईले जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए । यद्यपि आन्दोलनका क्रममा परिवर्तन नचाहने र बाह्य शक्तिले चलखेल गर्न खोजेको पनि उनले बताए । नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको  डाक्टर  बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी यस्तो प्रष्टीकरण दिएका हुन् । विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।आफू राजनीति बाट अलग नभयकाे र चुनाव अघि नै भ्रष्टाचारीलाई कार्वाही हुनुपर्ने र भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।    ...
राष्ट्र,पार्टी र क्रान्तिका लागि अन्तिम सम्म लड्ने छु : प्रचण्ड

राष्ट्र,पार्टी र क्रान्तिका लागि अन्तिम सम्म लड्ने छु : प्रचण्ड

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताए। बिहिवार प्रज्ञाप्रतिष्ठानकाे भवनमा सुरु भयकाे केन्द्रीय समितिको बैठकमा उनले पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने समेत बताएका छन्। ‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको आफ पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन्। , तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’ उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम  बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे। प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दवाव बढाउँदै लगेका थिए। त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गत...
टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल

टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल

समाचार
काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत युरोे फुटसल मैदान बालुवाखानी कपनमा बिएमजे दशैं कप एकदिवसीय सेभेन ए साईड फुटसल प्रतियोगिता साथै दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको चाडपर्वको रुपमा लिईने दशैं,तिहार र छठ नजिकिदै गर्दा यसलाई भब्यताको साथ मनाउन बिभिन्न संघ, संस्था,क्लबहरुले आफु अनुकुल कार्यक्रमहरु गर्ने परम्परा आज भोलि पनि कायमै रहेको छ । २०८२ असोज ४ गते शनिवार बिहान ६ बजे बाट ११ बजे सम्म युरो फुटसल मैदानमा भएको प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । बु.न.पा.—८ उमंग टोल सुधार समितिका अध्यक्ष तथा खेल प्रेमि नरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा टिम कागत्यानी, टिम चन्द्रघण्टा,टिम सिद्धिदात्री,टिम कालरात्री र टिम महागौरी ब...
आज संविधान दिवस, बिशेष कार्यक्रम गरि मनाउँदै

आज संविधान दिवस, बिशेष कार्यक्रम गरि मनाउँदै

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ;संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ ।
नेपालमा भएको जिनजी नामको आन्दोलन के हो ?

नेपालमा भएको जिनजी नामको आन्दोलन के हो ?

विचार
— आँगेली माईला ज्योतिषशास्त्र पनि एक विज्ञान रहेछ । यसले पनि केही अनुमान दिने कुरा सत्य मान्नुपर्छ विभिन्न काल समयमा विभिन्न व्यक्तिहरूले भविष्यमा यस्तो हुन्छ भनेर भनेका कुराहरु भएकै छन् । जुन कुरा हरेक धर्म समुदायमा प्रचलनमा छन् वैज्ञानिक हिसाबले पनि ती कुराहरू प्रमाणित हुँदै आएको देखिन्छ । के संसारमा यस्तो अदृश्य शक्ति पनि छ जसले यो संसार चलाइरहेको छ? यस्तो कुरा त हामी परिकल्पना पनि गर्दैनौँ र गर्न पनि नपरोस् भन्दछौँ । यसलाई यसरी भनौँ "वास्तविक योजना बनाउनेहरूले केही न केही अनुमानकै भरमा आफ्ना योजनाहरू कार्यान्वयनमा लिएर आउने रहेछन्" विकसित र ठूला मुलुकहरू आफ्नो योजना कुनै पनि हालतमा सफल बनाएर छोड्छन् र त अहिले यति विकसित छन् । जति विकसित हुँदै गयो त्यति ठूला संकटहरु आउने गर्दछन् आफ्नो संकट टार्नको लागि अरुलाई प्रयोग गर्नु शक्ति राष्ट्रहरूको सामान्य खेल हो। हामी नेपालीहरू कति अभ...
शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको सुस्केरा मुभिको छायांकन सम्पन्न

शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको सुस्केरा मुभिको छायांकन सम्पन्न

मनाेरन्जन
उपेन्द्र खड्का ( रंगमन्च संवाददाता ) काठमाडौं । कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा ममता रायमाझीको प्रस्तुति डा ओमकृष्ण प्रसाईं , मोहन गमाल, मनोज अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको सुस्केरा मुभिको छायांकन सक्किएर पोस्ट प्रोडक्सनको काम सुरु भएको छ । एउटा सडक बालक जो आफुमै आत्मनिर्भर छैन तर उ अरुको लागि बाच्न चाहान्छ , यहि शेरोफेरो बुनिएको सुस्केराले समाजको यथार्थ चित्रण बोल्छ । चलचित्रमा बालकलाकार हरु शुभम अधिकारी , हार्दिक पौडेल , नायरा प्रसाईं को अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा , दिनेश कोइराला , डा ओमकृष्ण प्रसाईं , उषा किरण अधिकारी र अन्य बालकलाकार मनिषा श्रेष्ठ , सन्जित श्रेष्ठ , कल्पना भुजेल, उमेश मगर लगाएतको अभिनय रहेको छ , कुमार मानन्धरको छायांकन , मदन न्यौपानेको शृङार, सुरेश पाण्डेको नृत्य निर्देशन रहेको चलचित्रको डिजिटल पार्ट...