११ जेष्ठ २०८३, सोमबार

Tag: nepsemyak

नेप्सेम्याकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

नेप्सेम्याकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र ( नेप्सेम्याक) को आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेप्सेम्याक सेवा प्रा.लि.को स्वयम्भु शाखामा भएको उक्त कार्यक्रमको अध्यक्षता शाखा प्रमुख बाबुराम घिमिरेले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी ईचंगुका अध्यक्ष समाजसेवी प्रताप दानी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । वातावरण संरक्षण गैर सरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा संचालकहरु तुलसीराम सिटौला,एकराज सुबेदी, नेप्सेम्याकका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरे, कर्मचारी युनियनका अध्यक्ष सोमनाथ ढकाल, परिवर्तन सेवा प्रा.लि.का संचालक स्विट थापा, भिम कुमार श्रेष्ठ,भोजपुर व्यापार व्यावसाय संघका सल्लाहकार ...
नेप्सेम्याक द्वारा आफ्ना सेवाग्राहीहरुलाई कम्पोष्ट मल वितरण

नेप्सेम्याक द्वारा आफ्ना सेवाग्राहीहरुलाई कम्पोष्ट मल वितरण

कृषि
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा बिगत तिस बर्ष देखि फोहरमैला ब्यवस्थापनको कार्य गर्दै आएको नेप्सेम्याक सेवा प्रा.लि.तथा सहकार्य गर्दै आएको नेप्सेम्याक संस्थाले काठमाडौं महानगर पालिका वडा नं ४ मा आज एक कार्यक्रम गर्दै निशुल्क कम्पोष्ट मल वितरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ र नेप्सेम्याकको संयुक्त आयोजनामा भएको कार्यक्रमको शभापतित्व नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन नेप्सेम्याक सेवा प्रा.लि.का सन्चालक मित्र प्रसाद घिमिरेले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दिनेश महर्जन तथा अतिथिको रुपमा  समाजसेवी राम प्रसाद न्यौपाने र वडा सदस्यहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन नेप्सेम्याक सेवा प्रा.लि.महाराजागञ्ज शाखाका ईन्चार्ज एकराज स...
सरसफाई अभियानमा नेप्सेम्याकको सकृयता

सरसफाई अभियानमा नेप्सेम्याकको सकृयता

समाचार, स्वास्थ
काठमाडौं । काठमाडौं उपत्यकामा मात्र नभएर देशैभरि फोहर ब्यवस्थापनको सेवामुलक ब्यवसायमा अग्रणी स्थानमा रहेको नेप्सेम्याक सेवा प्रा.लि.ले सामाजिक कार्यको रुपमा गरिने हरेक सरसफाई अभियानहरुमा सकृय सहभागिता जनाउने गरेको छ । हरेक शनिवार बिहान काठमाडौं उपत्यकामा हुने दर्जनौ अभियानहरुमा नेप्सेम्याकका कर्मचारी तथा संचालकहरुको सकृय सहभागिता देख्न सकिन्छ । २०८१ बैशाख ९ गतेदेखी सुरुहुने टुँडालदेवी(बैष्णवी) जात्राको पुर्वसन्ध्यामा नेप्सेम्याक सेवा प्रा.लि.र कामपा वडा नम्बर —४ सामुदायिक प्रहरी टुँडालदेवीको सयुक्त आयोजनामा टुँडाल देवी मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ । टुँडालदेवी(बैष्णवी) जात्राको पुर्वसन्ध्यामा गरिएको सरसफाइ अभियानमा कामपा वडा नं.४का वडा अध्यक्ष दिनेश महर्जन, कामपा वडा नम्बर —४ सामुदायिक प्रहरी टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपाने,नेप्सेम्याक ग्रुपका संचालक मित्र प्रसाद...