
नेप्सेम्याक द्वारा आफ्ना सेवाग्राहीहरुलाई कम्पोष्ट मल वितरण
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा बिगत तिस बर्ष देखि फोहरमैला ब्यवस्थापनको कार्य गर्दै आएको नेप्सेम्याक सेवा प्रा.लि.तथा सहकार्य गर्दै आएको नेप्सेम्याक संस्थाले काठमाडौं महानगर पालिका वडा नं ४ मा आज एक कार्यक्रम गर्दै निशुल्क कम्पोष्ट मल वितरण गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ र नेप्सेम्याकको संयुक्त आयोजनामा भएको कार्यक्रमको शभापतित्व नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन नेप्सेम्याक सेवा प्रा.लि.का सन्चालक मित्र प्रसाद घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दिनेश महर्जन तथा अतिथिको रुपमा समाजसेवी राम प्रसाद न्यौपाने र वडा सदस्यहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको ब्यवस्थापन नेप्सेम्याक सेवा प्रा.लि.महाराजागञ्ज शाखाका ईन्चार्ज एकराज स...