
अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा कारबाहीमा
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुमा अनुगमनलाई तिब्र बनाएको छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले ९ बुंदे निर्देशन जारि गर्दै आक्रामक अनुगमन गरेको हो।
बूढानीलकण्ठ नगरपालिकाका ३४ वटा स्कुलको अनुगमन भैसकेको र १८ वटा स्कुल कारबाहीमा परेको बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिएका छन्। केहि विद्यालयले नगरपालिकाको निर्देशन उल्लघंन गरेकोले कारबाही गर्नुपरेको उनको भनाइ छ।
अनुगमनको क्रममा बिधालय परिसरबाट स्टेशनरी सामग्रीहरु ,बिधालय पोशाक लगायत बिक्रि वितरण गरेको पाइएको थियो । थोरै मात्रामा शैक्षिक सामग्रीहरु भेटीए जफत गर्ने र धेरै भेटिएको अबस्थामा ताला लगाउने गरिएको छ।
हाल सम्म ३४ वटा स्कुलको अनुगमन गर्दा १२ वटा स्कुलको सामग्री बितरण कक्षामा शिल गरिएको छ। स्कुल मात्र होइन २...