
कस कसले पाए अवार्ड ? दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४मा (सुचि सहित)
काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न भएको छ ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे को शभापतित्व तथा प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल र्काक्रममा,पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा बरिष्ठ गायीका ज्ञानु राणा,बरिष्ठ कलाकार सुवाश गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, बरिष्ठ निर्देशक तथा कलाकार पुकार भट्टराई,भिडियो सम्पादक मान बहादुर थापा, लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्र नेपालका महासचिव पि.एन.सापकोटा,हरित शान्ति समाज नेपालका अध्यक्ष शन्तु ग...