११ श्रावण २०८१, शनिबार

Tag: २०८० सार्वजनिक बिदा

सरकारले २०८० सालका लागि विभिन्न बिदाहरु सार्वजनिक गरेकाे छ

सरकारले २०८० सालका लागि विभिन्न बिदाहरु सार्वजनिक गरेकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित उक्त सूचीमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा पनि समावेश गरिएको छ। दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ। अब फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिइनेछ। यसअघि एकादशीसम्म चार दिन मात्र दशैं बिदा दिइन्थ्यो। मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ । सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स...