१ असार २०८३, सोमबार

Tag: ॐ समाज डेण्टल

ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा स्वास्थ्य तथा योग शिविर सम्पन्न

ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा स्वास्थ्य तथा योग शिविर सम्पन्न

स्वास्थ
राजन थापा काठमाडौं / सामाजिक सेवा, स्वास्थ्य सचेतना तथा मानव सेवाको उद्देश्यलाई आत्मसात गर्दै ॐ समाज डेण्टल अस्पतालले एकैदिन दुई फरक स्थानमा स्वास्थ्य तथा योगसम्बन्धी शिविर सम्पन्न गरेको छ। समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्वास्थ्यप्रति जागरण फैलाएको छ। चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजित बृहत् योग शिविरमा सहभागी योग प्रशिक्षकहरूले नियमित योग अभ्यासले शरीरलाई स्वस्थ, मनलाई सकारात्मक तथा जीवनलाई अनुशासित बनाउने बताएका थिए। कार्यक्रममा सहभागीहरूले योग केवल शारीरिक व्यायाम नभई आत्मिक शान्ति, मानसिक सन्तुलन र स्वस्थ जीवनको महत्वपूर्ण आधार भएको अनुभव समेत साझा गरेका थिए। कार्यक्रममा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले विभिन्न योग अभ्यास, ध्यान तथा स्वस्थ ज...
‘जनताको अस्पताल’ ॐ समाज डेण्टल : माघी महोत्सवमा निरन्तर स्वास्थ्य सेवा

‘जनताको अस्पताल’ ॐ समाज डेण्टल : माघी महोत्सवमा निरन्तर स्वास्थ्य सेवा

समाचार
राजन थापा  काठमाडौं / माघे संक्रान्ति तथा थारु समुदायको महान् पर्व थारु राष्ट्रिय माघी महोत्सव–२०८२ को अवसरमा ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको ऐतिहासिक टुँडिखेलमा दुई दिन लगातार निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरी उल्लेखनीय सामाजिक सेवा प्रदान गरेको छ। माघे संक्रान्ति तथा थारु राष्ट्रिय माघी महोत्सवमा ॐ समाज डेण्टल अस्पतालको दुईदिने निःशुल्क दन्त शिविर महोत्सव मनाउन देशका विभिन्न गाउँ–नगर तथा तराई–मधेस क्षेत्रबाट काठमाडौं आएका हजारौँ नागरिकको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै आयोजित उक्त शिविरमा एक हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष रूपमा लाभ लिएका छन्। शिविरमार्फत दन्त परीक्षण, दाँत सफा गर्ने, दाँत निकाल्ने तथा आवश्यक परामर्श सेवा निःशुल्क प्रदान गरिएको थियो। शिविर व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएका धनप्रसाद घिमिरेका अनुसार माघी महोत्सवमा ठूलो जनसमागम ह...